राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्।
बुधबार दिउँसो साढे १ बजे आयोग पुगेका लामिछानेले करिब तीन घण्टासम्म आयोगको अनुसन्धान टोलीसमक्ष बयान दिएका हुन्। साढे ३ बजेपछि उनी आयोगबाट फर्किएका थिए।
आयोगका अनुसार जेन–जी आन्दोलन तथा नख्खु कारागारबाट कैदी फरार भएको घटनालगायत विषयमा लामिछानेसँग बयान लिइएको हो। उनले दिएको बयान समेटेर आयोगले प्रतिवेदन तयार पार्ने र सो प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित: २३ पुस २०८२ २०:५९ बुधबार





