कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पक्षमा मतदान गराउन वडा-केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आज नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संसद् पुनः स्थापनासँगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकाले अब वडा केन्द्रित भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
भदौ २३ र २४ पछि मुलुकको अवस्था सामान्य नरहेको उल्लेख गर्दे उनले भने, ‘देशलाई अस्थिर बनाउने प्रयास भइरहेको छ। यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै हो भन्ने विषय हामीले जनतामाझ पुर्याउन सक्नु पर्दछ।’
पार्टीले समानुपातिकतर्फको सूची बुझाइसकेको भन्दै उनले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पारे।
प्रकाशित: २३ पुस २०८२ २१:०० बुधबार





