६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भारतले हस्तान्तरण गरेको राहत प्रभावित क्षेत्रमा पठाइयो

भारतले हस्तान्तरण गरेको राहत सामाग्री ट्रकमा लोड गरिदै।तस्बिर: नागरिक

जाजरकोट र रुकुम(पश्चिम) मा गएको भूकम्पपछि भारतले नेपाललाई हस्तान्तरण गरेको दोस्रो खेपको राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भारतीय वायु सेनाको जहाजले सोमबार बेलुका नेपालगन्ज विमानस्थलमा ल्याएको थियो।

जिल्ला विपद ब्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार फिटिङ डन्डी सहितको ठुलो टेन्ट १४ थान, टेन्ट(सानो) ६५ थान, स्लिपिङ ब्याग १ हजार १ सय १२ थान, ब्ल्यांकेट १ हजार २ सय ३० थान, औषधी तथा मेडिकल जन्य सामाग्री १ हजार ५ सय किलो लगायत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा राती पठाइएको हो।  

दुई वटा ट्रकमा लोड गरेर उक्त सामाग्री जाजरकोट र रुकुम(पश्चिम) पठाइएको प्रजिअ पोखरेलले बताए।भारतले पहिलो खेपमा आइतबार पठाएको राहत सामाग्री पनि सोमबार नै जाजरकोट र रुकुम(पश्चिम)मा पुगिसकेको जानकारी दिए।  

प्रकाशित: २१ कार्तिक २०८० ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App