२३ भाद्र २०८१ आइतबार
image/svg+xml

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन्।

म्याग्दीमा करोडौँको योजना कार्यान्वयन हुन सकेन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन।

विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ।

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।

लोभलाग्दो रुइसेको सुन्दरता

रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला। पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान। घाम, पानी र बादलको लुकामारी।

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ।

बोलेरो भिरबाट खस्दा एकजना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ।

राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं. ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए। सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ।

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’ निर्माण

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्