४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

करेन्ट लाग्दा बालिकाको मृत्यु, हजुरआमा घाइते

कपिलवस्तुको विजय नगर गाउँपालिकामा २ जलियामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ। स्थानीय चाँद अलि भाँटको छोरी साहिमा भाटको करेन्ट लागेर मृत्यु भएको हो।

पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते

पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

सिन्धुलीमा सर्पको टोकाइबाट तीन महिनामा तीन जनाको मृत्यु, ४२ घाइते

सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

दासढुंगामा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।

अमेरिकामा फेरि अर्को गोलीकाण्डः ४ जनाको मृत्यु, ४ घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

बाजुराको बूढीनन्दामा जीप दुर्घटना हुँदा सात जना घाइते

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ।जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

खोलाले बगाएर बालकको मृत्यु एक घाइते

दैलेख जिल्लाको आठवीस नगरपालिका ५ को लयपातलमा खोलाले बगाउँदा १४ वर्षको एक बालकको मृत्यु गएको छ भने २ जना घाइते भएका छन्।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए।

ताप्लेजुङ पहिरोः पहिरोमा परी घाइते राजकुमारको बिराटनगरमा उपचार सुरु

ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी घाइते भएका राजकुमार राईको मंगलवार बिहानबाट बिराटनगरस्थित न्युरो अस्पपतालमा उपचार थालिएको छ।

इमाडोलमा बिच सडकमै पल्टियो बस

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

रास्कोट जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार

कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्