१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाघको आक्रमणबाट महिला घाइते

फाइल तस्बिर

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो।  “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।

प्रकाशित: २९ असार २०८० ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App