२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रास्कोट जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार

कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।

घाइते भएकी रिता सिंह ुशाहीुलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही 'पोषण'ले जानकारी दिए।

विहान ७ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा दुई जनको मृत्यु भएको हो।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। दुर्घटनामा सोही ठाउँका २२ वर्षी रिता शाही घाइते थिइन्।

सेरामा रहेका बसपार्कमा गाडी ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। गाडी सडकबाट करिव तीन सय मिटर तल खसेको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App