४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

इमाडोलमा बिच सडकमै पल्टियो बस

तस्बिर पूर्णप्रसाद श्रेष्ठकाे फेसबुकबाट

ललितपुरको इमाडोलमा बिच सडकमा बस पल्टिदा १८ जना घाइते भएका छन्। शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।  

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा २४ जना सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।

प्रकाशित: २ असार २०८० ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App