१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङ पहिरोः पहिरोमा परी घाइते राजकुमारको बिराटनगरमा उपचार सुरु

ताप्लेजुङको मेहेलेमा गएको पहिरोमा परी घाइते भएका राजकुमार राईको मंगलवार बिहानबाट बिराटनगरस्थित न्युरो अस्पपतालमा उपचार थालिएको छ। सोमवार अपरान्ह मेहेलेबाट घाइते लिएर उडेको केहिबेर पछि नै मौसममा खराबी भएपछि नेपाली सेनाको हेलिकोप्टर पाँचथरस्थित पिनासीघाटमा अवतरण गरिएको थियो। राति त्यहिँ राखेर पाँचथरका नजिक रहेका स्थानमा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रारम्भिक उपचार पछि मंगलवार मौसम खुल्नासाथ हेलिकोप्टर बिराटनगर लगिएको थियो।

‘अहिले न्युरो अस्पतालमा उपचार भइरहेको छ’कोशी प्रदेश सरकारका मन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव बिबेक बाँनियाले भने। सोमवार बिहान पहिरोले बगाएका मध्ये मेहेले मुकुभञ्ज्याङ्का बाबुछोरा क्रमशःकेशरबहादुर राई र सुरेश राईको मृत्यु भएको थियो।

केशरबहादुरलाई पहिरोले बगाएपछि मृत फेला पारिएको थियो भने पहिरोले बगाएका राजकुमार र सुरेशलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए। घाइते अवस्थामा उद्धार गरिएका मध्ये सुरेशको मृत्यु भएको थियो राजकुमारलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ। मेहेले भालुखोपमै गएको पहिरोका कारण गणेश तामाङको मृत्यु भईसकेको छ भने एकाघरका ३ जना अझै बेपत्ता छन्।

प्रकाशित: ५ असार २०८० ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App