डेंगी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।
काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।
पूर्वी नेपालको धरानमा महामारी बनेको डेंगी काठमाडौँ भित्रिएको खबरले सर्वसाधारण त्रसित हुन पुगेका छन्। अझ त्यो भन्दा पनि डरलाग्दो पक्ष त अझै तीन महिना यो समस्या कायमै रहने विज्ञहरूको चेतावनी हो।
पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ।
धरानका राजनीतिक दलहरूले डेंगी महामारी नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
डेंगीको वास्थान नष्ट नगरेसम्म लार्भा तथा अण्डा नष्ट नहुने र वासस्थान नष्ट नभएसम्म डेंगी संक्रमण नियन्त्रण नहुने भएकाले अन्य उपचार र हल्लाभन्दा पहिला लामखुट्टेको वासस्थान नष्पट गर्ने अभियान प्रभावकारी हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरका अनुसार संक्रमण पुष्टी भएका मध्ये चिकित्सकीय उपचार पछि ५ जना घरमै स्वास्थ्य लाभ आर्जन गरिरहेका छन्।
गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।
यतिबेला मानव र पशुचौपायालाई किराबाट सर्ने रोगबाट सर्वत्र त्रास छ। मान्छेलाई लामखुट्टे र पशुचौपायालाई झिंगा र लामखुट्टेले हैरान पारेको छ। लामखुट्टेले अहिले मान्छेमा डेंगी संक्रमण फैलाइरहेको छ भने लामखुट्ने र झिंगाले सारेर पशुचौपायामा लम्पी स्किनको संक्रमण बढ्दो छ।
डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।
अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ।
प्रायःजसो तराईमा देखिने डेंगी पछिल्लो समय पश्चिमका पहाडी तथा हिमाली जिल्लामा देखिन थालेको छ। यहाँको वायु प्रदूषणसँगै तापक्रम बढ्दै जाँदा डेंगी संक्रमण देखिएको हो।
काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।
कोसी प्रदेशमा ५ सय बढी डेंगीका बिरामी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले कोसी प्रदेशका अस्पतालहरूमा हाल डेंगीका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको बताए।
योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।
मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।