मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।
सुनसरीमा गत वर्ष पनि डेंगी संक्रमणको प्रकोप व्यापक रूपमा फैलिएको थियो।
पछिल्लो चरणमा सुनसरी, म्याग्दी, दार्चुला रर धादिङमा डेंगीको प्रकोप बढिरहेको महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए।
६६ वटै जिल्लाबाट डेंगी संक्रमणको रिपोर्ट भए पनि यी पाँचवटा जिल्लामा धेरै संख्यामा संक्रमण देखिएको महाशाखा भेक्टर बर्न डिजिज कन्ट्रोल शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।
मनसुन सुरु भएलगत्तै बढ्न थालेको डेंगी संक्रमण एक महिनाकै अवधिमा १ हजारभन्दा बढीमा संक्रमण भइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। संक्रमणको कारण सुनसरीमा गत साता एक जनाको मृत्युसमेत भइसकेको छ।
डेंगी नियन्त्रण गर्नका लागि स्थानीय सरकारलाई निर्देशन दिइसकेको महाशाखाका प्रमुख डा. मरासिनीले बताए।
‘सबै जिल्लाका स्थानीय सरकारलाई डेंगीबाट बच्न सचेत हुन भनिसकेका छौं, सरकारहरू सक्रिय भइरहेका छन्,’ उनले भने।
सफा पानीमा बस्ने र फुल पार्ने ‘एडिस एजिप्टी र ‘एल्बोपिक्टिस’ नामक लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुन्छ। संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोकेमा डेंगी संक्रमण हुन्छ। यो लामखुट्टे गमलादानी, कुलर, गाडीको टायर, खाली बट्टा, ड्रमजस्ता ठाउँमा संकलित पानीमा बस्छ र त्यहीँ फुल पारेर लार्भा बनेपछि धेरैको संख्यामा लामखुट्टे फैलिन्छ र डेंगी संक्रमणको प्रकोप बढ्छ।
डेंगी नियन्त्रण गर्नका लागि स्थानीय सरकारलाई निर्देशन दिइसकेको महाशाखाका प्रमुख डा. मरासिनीले बताए।
डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, शरीरमा रातो बिबिरा आउने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन्। आन्तरिक रक्तश्रावको कारण बिरामीमा जटिल समस्या समेत देखिन्छ।
पहिला डेंगी भदौ-असोजदेखि बढी मात्रामा फैलिने गरेकामा गत वर्षयता असारदेखि नै फैलिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले बताए।
डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, शरीरमा रातो बिबिरा आउने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन्। आन्तरिक रक्तश्रावको कारण बिरामीमा जटिल समस्यासमेत देखिन्छ।
पहिला तराईका जिल्ला र भित्री मधेसजस्ता स्थानमा बढी देखिएको डेंगी यो वर्ष दार्चुला जस्तो उच्च पहाडी जिल्लामा फैलिनुले थप प्रकोप बढ्ने सम्भावना देखिएको डा. पुनले बताए।
प्रकाशित: २१ असार २०८० ०३:४२ बिहीबार