एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा
पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।
पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।
चाडपर्वमा हुन सक्ने अपराध रोकथामका लागि यो वर्षको दसैं र तिहारबीच सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिंगल बजाउने, माइकिङ तथा जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिनेलगायत योजना प्रहरीको छ।
केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे। यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ। यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ।
नेपालमा आजदेखि चट्याङ र यसको रोकथामचट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ।
सुरुमा कफी खेती र व्यापार अरेबियन प्रायद्विपबाट सुरु भएको हो। १५ आैं शताब्दीसम्म आइपुग्दा अरेबियाको यमनी जिल्लामा यसको खेती सुरु भएको थियो भने १६ औं शताब्दीसम्ममा यो पर्सिया, इजिप्ट, सिरिया र टर्कीसम्म बिस्तार भइसकेको थियो।
तपाईंले नेपालको ‘गुरिल्ला ट्रेक’ बारे सुन्नु भएको छ? नेपालमा माओवादी द्वन्द्वका बेला उनीहरूले प्रयोग गरेका बाटाघाटालाई गुरिल्ला ट्रेक भनिन्छ।
आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइरहेका बेला कपिलवस्तुमा भने आत्महत्याका घटना बढ्दो छ।
नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन।मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन्। आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उनले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका हुन।
आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।
द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको मेरो कथाको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९ वटाको मात्र फस्र्योट भएको छ।
नेपालमा एनिमेटेड चलचित्र बनेको छ।‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ।राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए।
कथाकार रामचन्द्र नेपालको पाँचौ कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।
चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बनेका छन। उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।