१४ फाल्गुन २०८० सोमबार
समाज

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाल लगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले बताए।

उनका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तान लगायत देशबाट विज्ञको सहभागिता रहने छ। यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयबारे छलफल हुने बताइएको छ।

मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्राडा शर्माले बताए। उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन्।

नेपाल चट्याङको उच्च जोखिम मुलुकमा पर्छ। अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्राडा शर्माले बताए। औसतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन्।

प्रकाशित: १७ आश्विन २०८० ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App