१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हत्या आरोपमा अधिकारी पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा खुर्पा प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ ।  

बिहीबार दिउँसो १२ बजेतिर ३२ बर्षीय सुमन चौधरीको हत्या गरिएको हो । बिहीबार दिउँसो घरमै रगताम्य अवस्थामा चौधरी भेटिए पछि उनलाई उपचारकालगि पिपरा अस्पताल लगिएको थियो ।  

त्यहाबाट थप उचारकालागि उनलाई प्रादेशिक अस्पताल बुटवल लगिएकोमा बिहीबार साझ ७ बजेतिर चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

मृतक मानसिक सन्तुलन गुमेका ब्यक्ति थिए । घटना पछि बैरियाका ४५ बर्षीय उदय अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीले आफुले सो हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको सिंहले बताए । घटनामा प्रयोग गरिएको खुर्पा समेत प्रहरीले बरामद गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: १३ चैत्र २०८२ १७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App