१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो। आचारसंहिता कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरे।

सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसका परियोजना संयोजक  घिमिरेले बताए।

आचारसंहिता तयार गर्न कोसिससँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले कानुनी सहजीकरण गरेका थिए। सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्य क्षेत्र बनाएर काम गरेको घिमिरेले बताए।

सञ्चार माध्यममा प्रकाशन/प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको उनले बताए।

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहोर्‍याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्तिवा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यान दिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको बताउँदै उनले यसको कार्यान्वयनले आत्महत्या दर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले आचारसंहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउँदै कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने बताए।

प्रकाशित: २ भाद्र २०८० ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App