६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कर्पोरेट

लक्ष्मी बैंकको २५औं वार्षिक साधारणसभा

लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भयो। साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ।

आव २०८१/८२ मा तीन सय ७१ अर्ब निक्षेप रुपैयाँ र दुई सय ८७ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार चार सय ४३ अर्ब रहेको छ। सो आवमा बैंकले चार अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रकाशित: १५ पुस २०८२ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App