२० माघ २०८२ मंगलबार
image/svg+xml
अपराध

लहानमा साओमी नेपालको सर्भिस सेन्टर

साओमीले सिराहास्थित लाहानचोकमा सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ। यो केन्द्र साओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।

नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिट्नेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरले साओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ। यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ।

टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर साओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १५ पुस २०८२ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App