आइसिसी टी२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले अहिले यूएईविरुद्ध बलिङ गरिरहेको छ । पहिलो ओभरको खेलको समाप्तिमा यूएईले एक विकेटको क्षतिमा ७ रन बनाएको छ ।
यूएईका क्याप्टेन मोहमद वासिम ६ रनमा बोल्ड भए । उनलाई करण केसीले आउट गरेका हुन् ।
मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा बिहिबार क्यानाडासँग खेल्नेछ।
प्रकाशित: २० माघ २०८२ १७:२५ मंगलबार





