२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः अभ्यास खेलमा नेपालले यूएईविरुद्ध टस जित्यो, पहिला बलिङ गर्ने

आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।  

मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो। खेल नेपाली समयअनुसार अहिले केहीबेरमा सुरु हुनेछ ।  

नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा बिहिबार क्यानाडासँग खेल्नेछ।  

यो वार्मअप खेलअघि नेपाली टोलीले श्रीलंका ‘ए’ र मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास खेल खेलेको थियो। टी–२० विश्वकप यही आउँदो शनिबार सुरु हुँदैछ। नेपालले आउँदो आइतबार इंगल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: २० माघ २०८२ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App