१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

किरण र अस्मिताले ल्याए मेरो कथाको भिडियो

द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको मेरो कथाको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारको रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।

प्रकाशित: २६ श्रावण २०८० १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App