१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

कथाकार रामचन्द्र नेपालको पाँचौ कृति बस्तीमा कुहिरो लोकार्पण

कथाकार रामचन्द्र नेपालको पाँचौ कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको हो। 

कथा संग्रहको लोकार्पण बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन। उक्त कथा संग्रहमा समाजमा रहेका राजनैतिक आर्थिक, सांँस्कृतिक विकृति विसंगति एवं भेदभावलाई कुहिरोको रुपमा प्रस्तुत गरिएको छ।

कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले कथामा प्रस्तुत गरिएका कुहिरो रुपी विसंगतिलाइ हटाउनु पर्ने हामी सबैको दायित्व रहेको बताए।

कार्यक्रममा बरिष्ठ समालोचक महेश पौड्याल , डा. अम्बिका अर्याल, डा. शैलेन्दु नेपाल , नियात्राकार प्रतिक ढकाल द्वारा कृतिको  समिक्षा  एवं हास्य व्यंग  कलाकार मनोज गजुरेलले आफ्नो धारणा राखेका थिए। 

प्रकाशित: १६ श्रावण २०८० १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App