४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले जिल्ला अधिवेशनः सप्तरी अध्यक्षमा चौधरी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ। शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक कसरत भैरहेको छ।

निर्वाचनबाट घेराबन्दी तोड्छौेँः ओली

ओलीले घेराबन्दीका कारण राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम आफूहरूका लागि प्रतिकूल आउन सक्ने धारणा राख्दै घेराबन्दी आगामी निर्वाचनबाट तोडिने बताएका हुन् ।

कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्‍योः प्रदेश सभापति पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने यसअघिकै रटान पार्टीले लगाउँदै आए पनि अध्यक्षमा दावी गर्नेको संख्या भने बढ्दै गएको छ।

एमाले ताप्लेजुङको ११औं जिल्ला अधिवेशन उद्घाटन सत्र सुरु

केही ढिला गरी सुरु भएको अधिबेशन एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको प्रमुख आथित्यतामा सुरु भएको हो।

एमालेको अधिवेशन ६१ जिल्लामा हुँदै, प्रतिकूल मौसमका कारण १६ जिल्लामा स्थगन

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ।

एमालेमा आठ वर्षपछि जाम खुल्दै

एमालेमा यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल प®िवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम प®ेको अवस्था छ ।

कांग्रेस जिल्ला अधिवेशनः चुनावी सरगर्मीले तात्दै कैलाली

पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आउँदो माघ १६ गतेको मिति पुनः तय भएसँगै चुनावी चहलपहल बढेको छ। कांग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी माघ १६ गतेको मिति तय गरेसँगै सेलाएको कैलालीको चुनावी माहोल पुनः गर्मागर्मी भएको छ।

९ वर्षसम्म नेतृत्व जाम हुँदा दोलखा एमालेमा आकांक्षी व्यवस्थापन गर्नै सकस

जिल्ला कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चुनिने व्यवस्था छ। यी ५ पदमा १८ जना आकांक्षी देखिएका छन्।

एमाले ताप्लेजुङ जिल्ला अधिवेशनः अध्यक्षका लागि ४ जना आकाँक्षी

पुस २३ र २४ गते हुने नेकपा एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमार्फत अध्यक्ष बन्न ४ जना आकाँक्षी देखिएका छन्।

एमालेको जिल्ला अधिवेशन पुस २३ गते

नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो।

कन्सोर्टियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न

बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा अघि बढ्लान् विधेयकहरू?

एमसिसीमा सहयोग गरे मुलुकलाई मध्यावधि निर्वाचन घोषणा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीको दबाबअनुसार काम नभए संसद् अवरुद्ध गरिरहने र एमसिसीबारे निर्णय गरेपछि पार्टीले निर्णय लिने रणनीति देखिन्छ।

एक दुखान्त नाटक

पौडेल समूहका सबै नेताले नायक बन्ने अभिनय गरे। संघर्ष पनि गरे। जनता तथा कार्यकर्तालाई आकर्षित गरे। तर, आफैँले कार्यकर्तालाई दिएको वचन तथा आफ्ना प्रतिबद्धताप्रति इमानदार रहेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्