४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङको ११औं जिल्ला अधिवेशन उद्घाटन सत्र सुरु

नेकपा एमाले ताप्लेजुङको ११औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सामुदायिक भवन सिटीहलमा सुरु भएको छ। केही ढिला गरी सुरु भएको अधिबेशन एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको प्रमुख आथित्यतामा सुरु भएको हो।

उद्घाटन सत्र एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,प्रदेश १ का सहइञ्चार्ज तथा केन्द्रीय सदस्य टंक आङ्बुहाङ,एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ सह इञ्चार्जद्धय पासाङ शेर्पा र उर्मिला थेबे सहितको उपस्थितिमा सुरु भएको छ।

कार्यक्रमको प्रारम्भ गर्दै एमाले ताप्लेजुङका सहसंयोजक भूपेन्द्र थेबेले संयोजक बलबहादुर साम्सोहाङलाइ बोल्न दिएर अध्यक्षता गराए। त्यसपछि थेबेले कार्यक्रम अघि बढाउन एमाले सचिवालय सदस्य दीपेन पोमूलाइ आग्रह गरेका छन्। दुई पार्टी कमिटी र दुई पार्टी कार्यालय रहेको एमाले ताप्लेजुङलाइ एक बनाउने प्रयास स्वरुप साम्सोहाङलाइ संयोजक र थेबेलाइ सहसंयोजकको जिम्मेवारी सहित दुबै कमिटीका पदाधिकारी तथा सदस्यलाइ समेटर सचिवालय र जिल्ला सम्मेलन आयोजक कमिटी बनाइएको छ।

पार्टी कमिटी एक भएपनि पार्टी कार्यालय भने यथावत् रुपमै दुबै ठाउँबाटै सञ्चालनमा रहेका छन्। जिल्ला अधिबेशन संगै आउने नयाँ नेतृत्वले पार्टी कमिटीलाइ एक बनाउँदै पार्टी कार्यालय समेत एक ठाउँबाट सञ्चालनमा ल्याउने बिश्वास गरिएको छ। एमाले जिल्ला अधिबेशनका साढे ६ सय बढी प्रतिनिधि सहभागी भएको बताइन्छ।

शुक्रवार र शनिवारका लागि दुई दिनका लागि बोलाइएको अधिबेशन सभा अन्र्तगत शनिवारबाट निर्वाचन कार्यक्रम सुरु हुने भनिएपनि अहिले सम्म निर्वाचन तालिका भने प्रकाशन भएको छैन। बन्दसत्रको समय हेरी निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा गर्ने बताइएको छ।

प्रकाशित: २३ पुस २०७८ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App