४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्‍योः प्रदेश सभापति पुन

पत्रकार भेटघाटमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् पूर्वमन्त्री अमरसिंह पुन। तस्बिरः नागरिक

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्। एउटा समूहको नेतृत्व गर्दै पार्टीको लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएपनि आफू समग्र कांग्रेस कार्यकर्ताको सभापति भइसकेको धारणा राखे।  

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस लुम्बिनी प्रदेश स्पष्ट खाकासहित अगाडि बढ्न गृहकार्य गरिरहेको बताए। ‘लुम्बिनी प्रदेशको स्पष्ट खाका र योजनाका साथ हामी अगाडि बढ्नेछौं,’ उनले भने। पार्टीमा योगदान गर्ने नेता, कार्यकर्ताको लुम्बिनी प्रदेश समितिले उचित मूल्यांकन गर्ने उनको भनाइ छ।  

नेपाली कांग्रेसले आफ्नो अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गरेको बताए। ‘नेपाली कांग्रेस यस्तो पार्टी हो, तल्लोदेखि माथिल्लो तहसम्म अधिवेशन गर्ने पार्टी हो नेपाली कांग्रेस,’ सभापति पुनले भने। बाँके लगायत १६ जिल्लाको अधिवशेन रोक्नुपर्ने कारण केही नभएको भन्दै किन रोकियो त्यो पार्टीले जान्ने कुरा भएको बताए।  

अन्य पार्टीले साना काम गर्ने र ठूला प्रचार गर्ने गरेको तर कांग्रेसले ठूला काम गरेर सानो प्रचार पनि नगर्ने गरेको पूर्वमन्त्री समेत रहेका सभापति पुनले औल्याए। राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले युवराज शर्मा जस्ता पुराना नेतालाई उम्मेदवार बनाएर उच्च रुपले सम्मान गरेको उनले बताए।

‘उहाँसहित हाम्रो गठबन्धनमा रहेका सबै उम्मेदवारलाई निर्वाचित गराउन कांग्रेस लुम्बिनी प्रदेश समिति लागिरहेको छ,’ उनले भने।

प्रकाशित: २३ पुस २०७८ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App