१८ असार २०८१ मंगलबार
image/svg+xml

भालुको आक्रमणबाट महिला चौकीदारको मृत्यु

वनको रेखदेख गर्न गएको बेला मध्यान्ह १२ बजे भालुले आक्रमण गरेको स्थानीय बताउँछन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

रौतहटमा बाघको आक्रमणबाट एक घाइते

बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते भएका छन्। वस्तुभाउको लागि घाँस लिन जंगल गएको बेला बिहीवार रौतहटको चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीमाथि बाघले आक्रमण गरी घाइते बनाएको हो।

पोखरामा विशिष्ट पर्यटक

कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ।

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।

अमेरिकी सेनाद्वारा अफगानिस्तानमा ड्रोन आक्रमण

अमेरिकी अधिकारीका अनुसार शुक्रबार काबुल विमानस्थलमा आक्रमणको योजनाकार इस्लामीक समूहका सदस्यलाई निशाना बनाई ड्रोन आक्रमण गरिएको हो।

सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई पक्राउ

कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कका २८ वर्षीय टिसन राई र काभ्रेका २७ वर्षीय मने भनिने मनकुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

तालिबान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिबान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

'हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी'

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने,“हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्‍यौं। तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन्।”

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो।

जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणबाट दम्पती घाइते

जुम्ला सदरमुकाम खलंगामा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका छन्। विहान साढे ४ बजे पसल खोल्न गएका दुई दम्तीलाई भालुले आक्रमण गरेको हो।

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए।

रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

बैठाको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड्याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्