८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

रौतहटमा आज बिहान जंगली हात्ती देखा परेको छ। जिल्लाको गरुडा नगरपालिका र देवाही गोनाही नगरपालिकामा एकाबिहानै देखिएको जंगली हात्तीले गर्दा रौतहटमा आतंक फैलिएको छ।

सो हात्तीले गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरस्थित रामविलाश बैठाको घरमा आक्रमण गरेको छ। हात्तीको आक्रमणबाट घरमा क्षति पुगेको छ।

बैठाको घरमा हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा डयाँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।  

यसैगरी शिवनगरबाट धपाइएको सो हात्ती देवाही गोनाही नगरपालिकाको उचिडिह टोलमा पुगेर त्यहाँ पनि क्षति पुर्याएको स्थानीय करण मिश्रले बताए।  

गरुडा नगरपालिकाको शिवनगर, उचिडिह, माधवनारायण नगरपालिकाको सखुअवा, मिठुअवा सहितको गाउँमा अहिले हात्ती प्रवेश गरेको छ। हात्ती कराउँदै गाउमा हिँड्ने गरेको देखेर स्थानीय निकै त्रसित भएका छन्। उनीहरुले हात्तीलाई पुनः जंगलमा फर्काउन स्थानीय प्रशासन, वन कार्यालय, निकुञ्जको ध्यानाकर्षण गराएक छन्।  

बाराको जंगलबाट बस्ती प्रवेश गरेका जंगली हात्तीले शुक्रबार खेतमा काम गरिरहेका बाराका एक किसानलाई आक्रमण गरेको थियो। आक्रमणबाट सो व्यक्तिको जयान गएपछि रौतहटमा आएको हात्तीका कारण आतंक फैलिएको छ।  

जंगली हात्तीको त्रास बढेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हात्ती नियन्त्रण गर्ने प्रयास भइरहेको नागरिक न्युजलाई बताए।

प्रकाशित: १९ असार २०७८ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App