१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाद्वारा अफगानिस्तानमा ड्रोन आक्रमण

अमेरिकी सेनाले आफूले अफगानिस्तानका इस्लामिक स्टेट (आईएस) समूहका सदस्यलाई निशाना बनाउदैँ ड्रोन आक्रमण गरेको जनाएको छ। अमेरिकी अधिकारीका अनुसार शुक्रबार काबुल विमानस्थलमा आक्रमणको योजनाकार इस्लामीक समूहका सदस्यलाई निशाना बनाई ड्रोन आक्रमण गरिएको हो।  

शुक्रबारको आक्रमणमा परि अहिलेसम्म कम्तीमा एक सय ७० जनाको मृत्यु भइसकेको छ। जसमा कम्तीमा १३ जना अमेरिकी सैनिक रहेका छन्। यो घटनाको जिम्मा अफगानिस्थानको आईएस समूहले लिएको थियो।  

अमेरिकाले अफगानिस्तानको नागाहार प्रान्तमा ड्रोनका माध्यमबाट बदला लिएको जनाएको छ। शुक्रबार बम बिस्पोटनपछि अमेरिकी राष्ट्रपति जो बाइडनले पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई खोज्ने बताएका थिए।

प्रकाशित: १२ भाद्र २०७८ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App