८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।

अमेरिकी  विदेश मन्त्रालयले आफ्ना नागरिकलाई विमानस्थलदेखि टाढा बस्न सुझाव दिएको छ। अमेरिका निरन्तर अफगानिस्तानबाट त्यहाँका मानिसको उद्धार गरि रहेको छ। बेलायतले भने आफ्ना सेना, राजदूत तथा कर्मचारीलाई स्वदेश फिर्ता गरिसकेको छ।

बिहीबार काबुल विमानस्थल नजिकै एक आत्मघाती आक्रमण भएको थियो। आक्रमणमा कम्तिमा एक सय ७० जनाको मृत्यु भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेटकाे स्थानीय शाखा इस्लामिक स्टेट खुरासानले लिएको थियो।

काबुल विमानस्थलमा भएको आक्रमणको जवाफस्वरुप अमेरिकाले शुक्रबार पश्चिम अफगानिस्थानमा ड्रोन हमला गरेको थियो। आक्रमणमा आईएस के का दुई सदस्य मारिएका थिए। आक्रमणमा मृत्यु भएका मानिस काबुल विमानस्थलमा भएकाे आक्रमणका योजनाकार रहेको बताईएको छ।

प्रकाशित: १३ भाद्र २०७८ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App