९ पुस २०८१ मंगलबार
image/svg+xml

हवाई टिकट महँगो हुँदा विदेशीलाई मौका

महिनौंदेखि विदेशमा रोजगारी गुमाएका र आममाफी पाएर क्याम्पमा बसेका मजदुरले तोकिएको भाडादरमा फर्कन सक्छन् कि सक्दैनन् अध्ययन नै नगरी स्वदेशी विमान कम्पनीलाई नाफा कसरी हुन्छ भन्ने हिसाबले भाडा तोक्दा सरकारको आलोचना बढेको छ ।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

विदेशका नेपालीको उद्धार, हवाई भाडा दोब्बरभन्दा बढी

विदेशबाट उद्धार गर्ने श्रमिकको हवाई भाडा दर परराष्ट्र र पर्यटन, संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयका अधिकारीहरूले निर्धारण गरेका हुन् । बिहीबार सार्वजनिक गरिएको हवाई भाडा लागू हुँदा वास्तविक रूपमा जोखिममा परेका कुनै पनि श्रमिक विदेशबाट फर्कन नसक्ने गुनासो गरिएको छ ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा १३ राउन्ड हवाई फायर

रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ जोकहा माविमा रहेको क्वारेन्टिनमा संक्रमित देखिएका दुई जनालाई उपचारका लागि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।

रौतहटमा १२ राउन्ड हवाई फायर

रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए ।

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन्।

हवाई उडानमा लगाइएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय

सरकारले जेठ अन्तिमसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेकाे हो ।

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

भारतीयले सीमानामा सशस्त्र प्रहरीको पोष्ट भत्काउन खोजेपछि हवाई फायर

लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

राहत वितरणमा झडप : ९ राउन्ड हवाई फायर, ४ राउन्ड अश्रु ग्यास प्रहार

वडा कार्यालयले गरेको राहत वितरणमा असन्तुष्टि जनाउँदै विरोधमा उत्रीएका स्थानीय र रोक्न खोज्ने प्रहरीबीच मिर्चैयामा झडप भएको छ । झडपको क्रममा प्रहरी नायव उपरिक्षकसहित पाँच जना प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

हवाई उडान खुलाउने विषयमा गृहकार्य सुरु

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द हुने

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

इरानबाट २७७ जना भारतीयको उद्धार

भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्