७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा १२ राउन्ड हवाई फायर

रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए । प्रहरीले सम्झाउन खोज्दा प्रहरीमाथि ढुंगा र रोडा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि रविराज खडकाले जानकारी गराएका छन् ।

बाहिरबाट आउने स्थानीयबासी लगातार बढिरहेको र करिब दुई महिनादेखि सञ्चालनमा रहेको जनता माध्यमिक विद्यालय कटहरियाको क्वारेन्टिनमा व्यावस्थापन गर्न कठिनाइ भएपछि भसेढवा माविमा क्वारेन्टिन बनाउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेका थिए ।

प्रहरीको हस्तक्षेपपछि स्थानीय पछाडि हटेका छन् । सर्वपक्षीय सहमतिले मावि भसेढवामा क्वारेन्टिन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि ज्ञानकुमार महतोले जानकारी गराएका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App