७ कार्तिक २०७८ आइतबार

मोतिपुर सुकुम्बासी र प्रहरीबीचको झडपमा चार जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

भक्तपुरको नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद: दुई पक्षबीच झडप

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनौटमा विवाद नमिलेपछि शुक्रबार साँझ मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको छ।

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

रौतहटको मौलापुरमा पानीको विषयलाई लिएर झड्प, १५ घाइते

रौतहटको मौलापुर नगरपालिकामा पानीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना स्थानीय घाइते भएका छन्।

मौलापुरमा नगरसभाको विषयलाई लिएर झडप, एक प्रहरी घाइते

झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। केही प्रदर्शनकारी पनि घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।

रौतहटमा वन गस्ती टोली र सिकारीबीच झडप

रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो ।

रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो।

सांसद र प्रहरीबीच झडपः डिआइजीले नै सांसदलाई पारे लछारपछार!

लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिषर अगाडी प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ। नियुक्ती नहुँदै अल्पमतमा परेका शंकर पोखरेललाई सपथ खुवाउन जान भन्दै प्रदेश प्रमुख कार्यालयबाट निस्कन लाग्दा विपक्षी दलका सांसदले रोक्न खोजेपछि झडप भएको हो।

एमाले नेता पाण्डे उदयपुरमा, एउटा भवनमा दुई समूहको दावीले झडपको संभावना

एमालेका वरिष्ट नेता माधव नेपाल–झलनाथ खनाल समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उदयपुर आएका छन्।

धनगढीमा ओली र माधव पक्षबीच झडप

सर्वोच्व अदालतको फैसलाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीलाई व्युँताईदिएपछि सुदूरपश्चिम प्रदेशमा राजनीतिले फरक मोड लिएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेको ईन्चार्ज भीम रावललाई मान्ने कि लेखराज भट्टलाई मान्ने बिषयमा ओली पक्ष र माधव पक्ष बिच बिवाद उत्पन्न भएको छ ।

खानेपानी संस्थान बोर्डमा मर्ज गरेको विरोधमा धरान उपमहानगर घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप

नेपाल खानेपानी संस्थानको धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको विरोधमा धरानमा प्रदर्शन भएको छ।

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप हुँदा ३ जना घाइते

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा तीन जना घाइते भएका छन्।

पृथ्वी जयन्तीको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप

२९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार काठमाडौंमा निकालिएको र्‍यालीमा सहभागीहरु र प्रहरीबीच झडप भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्