७ वैशाख २०८१ शुक्रबार
समाज

हवाई भाडामा भारी छूट

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडा घटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन संघलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ। नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि ८६० घटाएर दुई हजार २३० रुपैयाँ कायम गरिएको छ। काठमाडौँ–भद्रपुरको ७५० रुपैयाँ घटाइ एक हजार ९५० रुपैयाँ बनाइएको छ। काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको दुई हजार १६० रुपैयाँ बाट ६०० रुपैयाँ घटाएर एक हजार ५५० रुपैयाँ कायम गरिएको छ।

पोखराको रु २७० घटाएर रु ६९५ रुपैयाँ बनाइएको छ। काठमाडौँ–धनगढीको साविकको तीन हजार ९७५ रुपैयाँबाट एक हजार १०५ रुपैयाँ घटाई  दुई हजार ८७० रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौँ–नेपालगञ्जको ८१५ रुपैयाँ घटाई दुई हजार ११५ रुपैयाँ बनाइएको छ। सबैभन्दा कम काठमाडौँ–सिमरामा ५५८ रुपैयाँ  र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार ९विभागीय मन्त्री० को २०७५ जेठ २७ निर्णय गरेको थियो। सोही निर्णयअनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणालीअनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ। चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ। पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ। आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७७ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App