१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीयले सीमानामा सशस्त्र प्रहरीको पोष्ट भत्काउन खोजेपछि हवाई फायर

बाराको सुवर्ण गाउँपालिका ३ पञ्चगछीयको दशगजा क्षेत्र

बारा-  लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि  निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

सुवर्ण गाउँपालिका ३ पञ्चगछीयको दशगजा क्षेत्रमा निर्माण गरिएको सुरक्षा पोष्टलाई भारत तर्फबाट आएका स्थानीयहरुले भत्काउन खोजे पछि हवाई फायर गर्नु परेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गण उत्तर झिटकैयाले जनाएको छ।

सीमावर्ती हनुमानगँजका सयौको संख्यामा आएका भारतीयहरुले  ड्युटी गर्न निर्माण गरिएको पोष्टलाई भत्काउन खोज्दा सशस्त्र प्रहरीले उनीहरुलाई रोक्न एक राउन्ड हवाई फायर गरेको  रहेका सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी बताए।

दिउँसो १२ बजेको समयमा दुई जना भारतीयहरुले नेपाल तर्फ खेत रहेको र खेत हेर्न जान दिनुस भन्दा उनीहरुलाई रोकेर भारततर्फ नै  फर्काए पछि एकै चोटी सयौ संख्यामा आएर पोष्ट नै भत्काउन खोजे पछि स्थिती तनावपूर्ण बनेको सुवेदीले बताए।

तनावपूर्ण स्थितीलाई नियन्त्रणमा गर्न सशस्त्र प्रहरीले हवाई फायर गरेपछि भारतीय पक्ष पछि हटेको र भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत भारतीय पक्षलाई सम्झाए पछि अवस्था समान्य बनेको सुवेदीले बताए।

त्यहाँ १५ जनाको संख्यामा सशस्त्र प्रहरी रहेका छन्। पोष्ट भत्काउनको लागि  सशस्त्र प्रहरीका जवान माथि सीमावर्ती भारतीयहरुले अक्रमण गरेको जानकारी पाएपछि बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक सुवेदी लगाएत त्यस स्थानमा पुगेर घटनाको जानकारी लिएका छन्।

दुई दिन पहिला मात्रै सीमा सुरक्षाबल एसएसबीले दशगजामा रहेको खेतमा काम गर्न गएको  बलिरामपुरका एक नेपालीलाई कुटपिट गरे पछि  नेपाली र भारतीय पक्ष बीच झडप भएको थियो।

विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका छोटेलाल साहलाई सीमा क्षेत्रमा किन आएको भन्दै एसएसबीले कुटपिट गर्दा त्यसलाई छोडाउन क्रममा दुबै पक्षबीच झडप भएको थियो।

 

प्रकाशित: २५ वैशाख २०७७ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App