१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

आचारसंहिता विपरीत प्रचारप्रसार गरेको भन्दै एमाले नेता चढेकाे गाडी नियन्त्रणमा

आचारसंहिता विपरीत सरकारी गाडी प्रयोग गरी लुम्बिनी प्रदेश विशेषाधिकार समिति सभापति गिरीधारीलाल न्यौपानेको अगुवाइमा उप-निर्वाचनको प्रचारप्रसार गरेको भन्दै कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ अनराठ गाउँमा माओवादी केन्द्र र जसपाका कार्यकर्ताहरूले गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

न्यौपानेले उप निर्वाचनमा एमालेका उम्मेदवार माहोमम्द ताहिर मुसलमानलाई जिताउन न्यौपानेसहित एमाले अध्यक्ष बावुराम खनाल, निवर्तमान अध्यक्ष झबीलाल पाख्रेल सहितको टोली लु १२९७ नम्बरको सेतो प्लेटको गाडी सहित प्रचारप्रसार गरिरहेको अवस्थामा सो गाडी नियन्त्रणमा लिएको जनाएका छन्। गाडी नियन्त्रणमा लिनेक्रममा माओवादी र जसपाका कार्यकर्ताहरूले नाराबाजी समेत गरेका थिए।

सो गाडीलाई इलाका प्रहरी कार्यालय पकडी पठाइएको छ। सहायक निर्वाचन अधिकृत अमर ओलीले घटना बारे के भएको भन्ने कुरा प्रहरीले आफूहरूलाई जानकारी गराउने बताएका छन्। प्रजिअ विश्व प्रकाश अर्यालले सो घटनाका बारेमा आफूलाई समेत स्थानीयले जानकारी गराउँदै भिडियो समेत पठाएको बताए। सो घटना बारे बुझ्ने प्रयास भइरहेको उनले बताए। सभापति न्यौपानेले भने त्यही बाटो भएर आफुहरु भैरहवा जानेक्रममा बाटोमा आफूहरूलाई अवरोध गरिएको दाबी गरे।  

प्रकाशित: १३ मंसिर २०८१ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App