१ मंसिर २०८१ शनिबार
image/svg+xml

पुनर्निर्माणमा ठेकेदारको लापरबाही: सम्पदामा सिमल र सल्लो

ललितपुरको पाटन क्षेत्रका सम्पदा पुनर्निर्माण गर्दा काठ प्रयोगमा लापरबाही गरेको पाइएको छ। भूकम्पले ध्वस्त सम्पदा पुनर्निर्माण गर्दा पहिला अग्राख प्रयोग भएको ठाउँमा अहिले धमाधम सल्लो र सिमल प्रयोग गरिएको छ।

पुनर्निर्माण छिटो सक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरेकी छन्। बेसीसहर नगरपालिका १३ मकैडाँडा सारिङस्थित गंगामिलन माविको शनिबार स्वर्णजयन्ती समारोहमा सम्बोधन गर्दै उनले भूकम्पपीडित अस्थायी टहरामा कष्टकर जीवन बिताइरहेकाले यथाशीघ्र पुनर्निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन्।

सम्पदा पुनर्निर्माणमा सामग्री प्रयोग अलमल

भूकम्पपछि सम्पदा पुनर्निर्माण गर्दा भूकम्पप्रतिरोधी वा पुरानै शैली अपनाउने भन्ने विषयमा अलमल देखिएको छ। पुरातत्व विभागले भूकम्पप्रतिरोधी ढंगबाट सम्पदा पुनर्निर्माण गर्ने या पुरानै शैलीमा गर्ने भन्ने विषयको टंुगो लगाउन नसक्दा अलमल देखिएको हो।

भूकम्पपछिको पुनर्निर्माण प्रभावित, काठको गोदाम रित्तै

वन मन्त्रालयले प्रशस्त काठ दिन नसक्दा भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक पुनःर्निर्माणमा बाधा उत्पन्न भएको छ । सरकारले निजी आवास बनाउन पीडितलाई ९० प्रतिशत अनुदानमा सालको काठ उपलब्ध गराउने घोषणा गरेको थियो ।

पुनर्निर्माणमा गैससको मनपरी

भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राविधिक जाँच नगरी स्वास्थ्य संस्थाका भवन बनाएको पाइएको हो।

सम्पदा पुनर्निर्माणमा ताला

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रको त्रैलोक्य मोहन मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ। स्थानीयलाई बेवास्ता गर्दै छेकबार गरी ठेकेदारले मनोमानी ढंगबाट पुनर्निर्माण कार्य अगाडि बढाएपछि स्थानीयले मंगलबार ताला लगाएर पुनर्निर्माण रोकेका हुन्।

सम्पदा पुनर्निर्माणमा पाँच देशले सघाउने

विनाशकारी भूकम्पबाट क्षति पुगेका पुरातात्विक महत्वका सम्पदा पुनःर्निर्माणका लागि विभिन्न मुलुकले सहयोग गर्ने भएका छन्। पुरातत्व विभागका अनुसार हालसम्म विभिन्न पाँच मुलुकले सम्पदा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्।

पुनर्निर्माणमा सघाउन सेना खटाइँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणको गति तीव्र हुने निर्क्योलसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालिसकेको छ।

पुनर्निर्माणका चुनौती

भूकम्प गएको एक वर्ष आठ महिना बितिसक्दा पनि पुनर्निर्माणको कार्यले अपेक्षित गति लिन सकेको छैन। आफ्नो घर पूर्ण रुपले क्षति भई टहरा र टेन्टमा बसिरहेका करिब छ लाख घरपरिवारले आसै–आसमा दुई वर्षा र दुई हिउँद कष्टपूर्ण रुपमा बिताइसकेका छन्।

पुनर्निर्माणमा समुदाय

अहिलेकै अवस्था रहिरहेमा पुनर्निर्माणको कामका लागि धेरै वर्ष लाग्नेमात्र हैन, अपुरो अपुरो नै रहेर अर्को भुइँचालो सामना गर्ने स्थिति नआउला भन्न सकिन्न।

रोकिएको मन्दिर पुनर्निर्माण अघि बढेन

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प दिवस अवसर पारेर अघिल्लो वर्ष माघ २ गते पुनर्निर्माण उद्घाटन गरेको रानीपोखरीबीचको बालगोपालेश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।

पुनर्निर्माणमा गैरसरकारी संस्थाकाे मुख ताक्दै सरकारी निकाय

आइतबार १९औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा जिल्ला सदरमुकामको ठूलो आँगनबाट ¥याली सुरु भयो । सहभागी सबैजसोले सेतो टिसर्ट लगाए । सरकारी कर्मचारी, सुरक्षा निकायका व्यक्तिदेखि एनजिओ, आइएनजिओका कर्मचारी र राजनीति दलका नेतासम्मले नारा लेखिएको टिसर्ट फटाफट लगाएर र हिँडे ।

पुनर्निर्माणमा चार करोड ७९ लाख घनफिट काठ चाहिने

भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार पुनर्निर्माण गर्न चार करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ । तर वन विभागले अहिले सरकारी वनबाट वार्षिक सातदेखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ ।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् ।

रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण हुँदै

बुङमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु भएको छ। चार करोड रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण थालिएको मन्दिरको जग बसाल्ने कार्य भइरहेको छ। मच्छिन्द्रनाथ मन्दिरलाई अघिल्लो वर्षको भूकम्पले ध्वस्त पारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्