१ मंसिर २०८१ शनिबार
image/svg+xml

पुनर्निर्माणमा साढे ५४ खर्बको निर्माण सामग्री चाहिने

भूकम्पपछिको पुनर्निर्माणमा खर्बौंको निर्माण सामग्री प्रयोग हुने भए पनि गुणस्तरमा ध्यान दिइएको छैन । कमजोर निर्माण सामग्रीको कारण भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति गराएको छ। बलियो संरचना र्निर्माणमा गुणस्तर मापन गरेरमात्र सामान प्रयोग गर्नुपर्नेमा यसतर्फ सरोकारवालाले ध्यान नदिएको गुनासो आएको छ।

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सकियो

राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

पुनर्निर्माण छाडेर इन्जिनियर आन्दोलित

भूकम्प प्रभावित जिल्लामा आवास पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिक काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्। भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको समयमा इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियर काम छाडेर आन्दोलनमा उत्रँदा पुनर्निर्माणको काम झन् प्रभावित भएको छ।

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सम्पन्न

राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

चार सम्पदा पुनर्निर्माणको तयारी

भूकम्पमा क्षतिग्रस्त सम्पदामध्ये चार वटा सम्पदाको पुनर्निर्माण गर्न भारतसँग अन्तिम चरणमा छलफल भैरहेको छ ।

पुनर्निर्माणमा बाधक को?

गोर्खा र सिन्धुपाल्चोकमा खर्च भएको १६ अर्बमध्ये २५ प्रतिशतमात्रै घर बनाउन नसक्नेलाई वितरण गरिएको भए ४ हजार घर बनिसकेका हुन्थ्यो र उनीहरुले कमसेकम गिरानचौरबासीले जस्तो आफ्नै घरमा यो हिउँदमा न्यानो गरी बस्न पाउँथे।

पुनर्निर्माणमा बजेट बाधक

भूकम्पपछिको पुनर्निर्माण तीव्र रुपमा अघि बढ्न नसक्नुको प्रमुख कारण समयमा बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई औंल्याइएको छ। चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा क्रममा पुनर्निर्माण काममा बाधा बनेका विभिन्न पाँच कारण औंल्याइयो। त्यसमध्ये बजेट र कार्यक्रम स्वीकृत नहुनुलाई प्रमुख समस्याका रुपमा लिइयो।

तारिणीदेवी मन्दिर पुनर्निर्माण गर्दै स्थानीय

स्थानीयको सहयोगमा काठमाडौं महानगरपालिका–२५ मखन टोलस्थित तारिणीदेवीको मन्दिर पुनर्निर्माण भइरहेको छ। मन्दिर पुनर्निर्माणमा करिब ६२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको तारिणीदेवी संरक्षण समितिका कार्यवाहक अध्यक्ष भुवनलाल श्रेष्ठले बताए।

पुनर्निर्माण प्राविधिक पुनः आन्दोलित

भूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको आवास पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिक माग पूरा नभएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रिएका छन्। पूर्ववत ६ बुँदे माग अघि सार्दै उनीहरूले काम ठप्प पारेका छन्।

पुनर्निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाहरुको चिन्ता

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। परिवर्तनका लागि युवा अभियान नेपालले बुधवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पुनर्निर्माण सुस्त गतिमा भइरहेको भन्दै यसलाई तत्काल चुस्त नबनाए देशको समृद्धी यात्रा अझ पछि धकेलिने धारणा राखेका थिए।

तलेजु पुनर्निर्माण अन्तिम चरणमा

राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।

पुनर्निर्माण अल्झन

सरकारी नीतिले भूकम्पपीडित जनतालाई छुनै सकेन । पुनर्निर्माणको मुद्दाले जनतालाई अल्झाइरहेको छ । पुनर्निर्माणको प्रक्रिया धमाधम सुरु हुनुपर्ने यो बेला गाउँमा युवा जनशक्ति अभाव छ । यस्तो परिस्थितिमा भूकम्पपीडितको नयाँ घर सपना कहिले पूरा हुने ?

‘सम्पदा पुनर्निर्माण ठेक्कामा नगरौं’

क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा पुनर्निर्माण ठेक्का प्रथाबाट नगरी सम्बन्धित निकायले नै गर्न सरोकारवालाले माग गरेका छन् । पुरातत्वविद्, स्थानीय युवा तथा अग्रज, विभिन्न दलका नेतालगायतले राजधानीमा गर्ने अन्तरक्रिया यस्तो माग राख्दै आएका छन् ।

भएन चाँगुनारायणको पुनर्निर्माण

भूकम्प गएको १८ महिना बित्दा पनि भक्तपुर जिल्लामा पर्ने चाँगुनारायण मन्दिर अझै पुनर्निर्माण भएको छैन। लामो समय पुनर्निर्माण नहुँदा विश्वसम्पदा सूचीमा राखिएको सम्पदा टेकाकै भरमा अडिएको छ। राष्ट्रिय पुनर्निर्माचाँण प्राधिकरण र पुरातत्व विभागको हानथापले पुनर्निर्माण सुरु हुन नसकेको स्थानीयले आरोप लगाएका छन्।

प्राधिकरणले तयार पार्‍यो पुनर्निर्माण तालिका

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्न समय तालिकासहितको कार्ययोजना तयार पारेको छ। प्राधिकरण निर्देशक समितिको आइतबार बसेको बैठकले समयतालिका पास गरेको हो। पुनर्निर्माणको गतिबाट असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक १० गते दिएको निर्देशनअनुसार प्राधिकरणले नतिजामुखी काम देखाउने कार्ययोजनासहितको समय तालिका ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्