१ मंसिर २०८१ शनिबार
image/svg+xml

पशुपति क्षेत्रका २१ सम्पदा पुनर्निर्माण सुरु

भूकम्पमा क्षतिग्रस्त पशुपति मन्दिर परिसरका २१ सम्पदा पुनर्निर्माण हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको बजेटबाट पशुपति परिसरका मठमन्दिर र सत्तलको जीर्णोद्धार र पुनर्निर्माण हुन लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए ।

सुरसारै छैन नारायणहिटी पुनर्निर्माण

दिनहुँ हजारभन्दा बढी सर्वसाधारण ऐतिहासिक नारायणहिटी दरबार हेर्न धाउँछन्। राजतन्त्र र राजसंस्कृतिको इतिहासका अवशेष बोकेको नारायणहिटी संग्रहालय हेर्ने उनीहरुका उत्सक आँखा भने जीर्ण भवन र भग्नावशेष हेरेर फर्कन्छन्।

पुनर्निर्माणको अल्झनमा किसान

दशैं सकियो । तिहार पनि सकियो। हुँदाहुँदा छठ पनि सकियो । किसान धान थन्क्याउने चटारोमा छन् । कस्तो घर बनाउने भन्नेबारे खला–खलामा छुट्टै बहस छ ।

तीन सम्पदा पुनर्निर्माण पूरा

गत वर्षको भूकम्पमा ध्वस्त ऐतिहासिक तीन सम्पदा पुनर्निर्माण सकिएको छ। भक्तपुर नगरपालिका र पुरातत्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले ध्वस्त तीन सम्पदा पुनर्निर्माण सम्पन्न गरेका हुन्। भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने ऐतिहासिक मुख्यद्वार खौमा द्वार र ५५ झ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरेको हो ।

सम्पदा पुनर्निर्माणका डेढ वर्ष

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको झण्डै डेढ वर्ष पूरा भइसकेको छ। त्यसबीचमा मुलुकको पहिचान र सार्वजनिक सम्पत्तिका रूपमा रहेका हाम्र्रा ऐतिहासिक एवं पुरातात्विक धरोहर के÷कति संख्यामा बनिसके, कति निर्माणाधीन अवस्थामा छन् अनि त्यस्ता सम्पदाको पुनर्निर्माण एवं पुराना बस्तीको पुनस्र्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण के–कस्तो अवधारणका साथ अगाडि बढिरहेको छ भन्नेबारे आमनागरिकमा गम्भीर चासो हुनु स्वभाविकै हो ।

पुनर्निर्माणका नौ एजेन्डामा छलफल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बुधबारको बैठक कुनै निर्णय नगरी बिहीबारसम्मका लागि स्थगित भएको छ। भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्राधिकरण गठन गरिए पनि यसले अपेक्षाअनुसार काम गर्न सकेको छैन।

पुनर्निर्माणका लागि थप २० अर्ब ८१ करोड स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बुधबारको बैठक कुनै निर्णय नगरी बिहीबारसम्मका लागि स्थगित भएको छ। भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्राधिकरण गठन गरिए पनि यसले अपेक्षाअनुसार काम गर्न सकेको छैन।

बालगोपालेश्वर पुनर्निर्माण पुरातत्वले गर्ने

जधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले आफैं गर्ने भएको छ। यसअघि काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत गरिरहेको पुनर्निर्माण विभागले रोकेको थियो। विभाग, महानगरपालिका, पुनर्निर्माण प्राधिकरणको संयुक्त छलफलपछि विभागले मन्दिर आफैंले पुनर्निर्माण गर्ने भएको हो।

बौद्ध स्तुप पुनर्निर्माण सम्पन्न

गत वर्षको भूकम्पमा क्षतिग्रस्त राजधानीको बौद्धस्थित बौद्धनाथ स्तुप भने स्थानीय स्तरबाटै पुनर्निर्माण सकिएको छ। भूकम्प प्रभावित विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये बौद्ध स्तुप सबैभन्दा छिटो पुनर्निर्माण गरिएको हो।

मनकामना मन्दिरको पुनर्निर्माणमा बजेट अभाव हुँदैन :  राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुर्ननिर्माण गर्न बजेट अभाव नहुने बताएकी छन्। बिहीबार हेलिकप्टरबाट मनकामना मन्दिरको दर्शन गर्न आएकी उनले भनिन्- 'महत्वपूर्ण धार्मिक सम्पदा निर्माण गर्नु सरकारको दायित्व हो, अहिले मनकामना पुर्ननिर्माण भइरहेको छ, बजेट अपुग भयो भने पुर्ननिर्माण प्राधिकरणसँग भन्नुहोस्, सरकारले उपलब्ध गराउनुपर्छ।'

पुनर्निर्माणमा ढिलाइ

पुनर्निर्माणको काम दिगो बन्न नसक्दा डेढ वर्षको समय बितिसक्दा पनि पाल टाँगेर बसेका जनता अझै पालमुनि नै छन् । पुनर्निर्माण र अनेकन कारण देखाई केपी ओली नेतृत्वको सरकार ढालियो । र, पुष्पकमल दाहाल नेतृत्वको सरकार बन्यो ।

वातावरणमैत्री पुनर्निर्माण गर्न सांसदहरूकाे सुझाव

भूकम्पप्रभावित जिल्लाका सांसदले वातावरणमैत्री दिगो पुनर्निर्माणका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन्।

वर्ष दिन बित्दासमेत क्षतीग्रस्त पुल पुनर्निर्माण भएन

बाढीले बगाएको वर्षदिन बित्दासमेत झोलुंगे तथा काठे पुल पुननिर्माण हुन नसक्दा खोटाङका दर्जनौं गाविसका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। वर्ष दिनअघि साप्सु तथा तावा खोलामा आएको बाढीले बगाएको दर्जनौँ झोलुंगे तथा काठे पुल मर्मत हुन नसक्दा स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन्।

पुनर्निर्माण गर्न भिष्म भुसालकाे अाह्वान गीतमा सञ्चिता र जीवन (भिडियो)

नायिका सञ्चिता लुइँटेल फेरि अभिनय क्षेत्रमा फर्किएकी छन्। दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन्। भर्खरै सिने क्षेत्रमा फर्किकी सञ्चिताले जीवन लुइँटेलसँग जोडी बाँधिएर पुनर्निर्माणका लागि उठ्न सबैसँग गीतमार्फत आग्रह गरेकी छन्।

पुनर्निर्माण प्राविधिकहरु आन्दोलित, तलब र सेवासुविधा थप्नु पर्ने माग

भूकम्पपछिको पुनर्निमाणका लागि गठित पुनर्निर्माण प्राधिकरणको सिफारिसमा सहरी विकास मन्त्रालयअन्तर्गत करार सेवामा कार्यरत प्राविधिक इन्जिनियरहरुले चरणबद्ध आन्दोलनअन्तर्गत बिहीबार हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्