१ मंसिर २०८१ शनिबार
image/svg+xml

पुनर्निर्माण प्राधिकरणका सिइओ फेर्न कसरत

भूकम्पपीडितलाई राहत वितरण कार्य सन्तोषनजक नभएको भन्दै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुटेका छन्।

पुनर्निर्माण रोकेर इन्जिनियर धर्नामा

भूकम्प प्रभावित जिल्लामा आवास पुनर्निर्माणका लागि सरकारले खटाएका इन्जिनियर तथा प्राविधिक काम रोकर आन्दोलनमा उत्रेका छन्।

युवाविहीन गाउँ र पुनर्निर्माणका चुनौती

जबसम्म गाउँ युवामय हुँदैन तबसम्म न गाउँहरु धपक्क बल्छन् न त गाउँहरु वास्तविकरूपमै पुनर्निर्मित हुन सक्छन्। यो वास्तविकता बिर्सिएर सफल पुनर्निर्माण गर्नै सकिँदैन।

भाइदेग पुनर्निर्माण रोकियो

ललितपुर पाटनस्थित भाइदेग मन्दिरको पुनर्निर्माण आर्थिक अभावमा रोकिएको छ। काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले साढे ४ करोड रुपैयाँ अनुमानित लागतमा ५ महिनाअघि सुरु पुनर्निर्माण रकम अभावमा रोकिएको हो। अहिलेसम्म मन्दिरको आधार (जग) मात्र निर्माण भएको छ।

भूकम्पपछिको पुनर्निर्माण कार्य रोकियो

भूकम्पपछिको पुनर्निर्माणमा सघाउन सिन्धुपाल्चोक खटिएका प्राविधिकहरुले ६ बुँदे माग अघि सारेर आन्दोलन घोषणा गर्दै मंगलबारदेखि सबै काम ठप्प पारेका छन्।

‘पशुपति परिसरभित्र नेपालले नै पुनर्निर्माण गर्छ’

भूकम्पबाट क्षति पुगेका पशुपतिनाथ मन्दिर परिसर भित्र रहेका मठमन्दिरलगायत सत्तलको जीर्णोद्धार र पुनर्निर्माण नेपाल आफैंले गर्ने भएको छ । पशुपति परिसर बाहिरका मठमन्दिर तथा सत्तलको जीर्णोद्वार र पुनर्निर्माण भारतलाई दिने प्रक्रिया अगाडि बढेको भए पनि परिसरभित्र भने नेपाल आफैंले गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताएका छन् ।

पुनर्निर्माणमा स्थलगत समस्या

कतै एउटै घरका तीन–चार जनासम्मको नाम सूचीमा पर्नु र कतै भने भिन्न बसेकाहरूको पनि नाम नआउनुले सर्भे कति वैज्ञानिक र यथार्थपरक छ भन्ने कुरा प्रष्ट हुन्छ।

'मनकामना मन्दिर' दुई वर्षमा पुनर्निर्माण

भूकम्पपछि देशका धार्मिक तथा पुरातात्विक संरचनाको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा गोरखास्थित मनकामना मन्दिरको काम भने तीव्ररूपमा भइरहेको छ। पुरातत्व विभागकै डिजाइन र प्रत्यक्ष रेखदेखमा कामलाई तीव्रता दिइएको हो।

पुनर्निर्माणमा एनजिओ दबदबा

सरकारले भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) लाई कम प्राथमिकता दिने भने पनि अहिलेसम्म १ सय ४० संस्था संलग्न भइसकेका छन्। विकास साझेदार निकाय तथा दातृ राष्ट्रको दबाबमा पुनर्निर्माणमा यस्ता संस्था हाबी हुँदै गएका हुन्।

रानीपोखरी पुनर्निर्माण रोकियो

काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण शुरु गरेको रानीपोखरीबीचकोे बालगोपालेश्वर मन्दिर पुर्ननिर्माणमा पुरातत्व विभागले रोक लगाएको छ। पुरातत्वको मापदण्डभन्दा बाहिर गई मन्दिर पुर्ननिर्माणमा रड तथा सिमेन्टको प्रयोग गरेको भन्दै सोमबार विभागले रोक लगाएको हो।

बौद्धनाथ पुनर्निर्माणमा ३० किलो सुन

२०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।

विवादले पुनर्निर्माणमा ढिलाइ

गत वर्षको विनाशकारी भूकम्पमा भत्केको ऐतिहासिक र पुरातात्विक सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच विवादका कारण ढिलाइ भइरहेको छ। महानगरपालिका र पुरातत्व विभागबीच काष्ठमण्डप पुनर्निर्माणबारे आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ।

पुनर्निर्माणमा कछुवा गति

अघिल्लो वैशाख १२ ले निम्त्याएको भूकम्प एक वर्ष नाघेर पनि चौथो महिनामा प्रवेश गरेको छ । जसले खासगरी १४ जिल्लामा नराम्ररी क्षति पु¥याएको थियो ।यसबीचमा सरकारले भूकम्पपीडितका लागि धेरै सहयोगको आश्वासन दियो र पीडितले पनि कुरिरहे । कुन वर्षा, कुन जाडो, कुन घाम, कुन पानी, उनीहरुले आशा गरिरहे । तर अहिलेसम्म पनि उनीहरुको आशा सन्तुष्टिमा परिणत हुन सकेको छैन ।

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्