२६ पुस २०८२ शनिबार
image/svg+xml
माधव सयपत्री


माधव सयपत्रीका लेखहरु :

आगो बाल्यो एउटाले सेक्छ रोटी अर्कैले!

सोह्रै कौडा चित् पार्‍याे एकैचोटी अर्कैले, श्रीखण्ड बनायो चन्दन् घोटीघोटी अर्कैले। सिरुपाते खुकुरीमा कुटनीतिको धार लगाएर, आगो बाल्यो एउटाले सेक्छ रोटी अर्कैले।

विनाहमला जितिएको युद्ध

युक्रेन सङ्कटको परिस्थितिमा सिर्जना गरिएको अतिरञ्जना निकै गैरजिम्मेवारपूर्ण छ। यसले रुसको बदनाम गर्न अमेरिका र पश्चिमा सञ्चारमाध्यम बारम्बार अज्ञात स्रोतको हवाला दिएर कहाँसम्म जान सक्दा रहेछन् भन्ने देखाएको छ।

कोभिड परीक्षणमा प्राविधिक विज्ञता

सिएमडिएनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) का कर्मचारीलाई सार्स सिओभी–२ पत्ता लगाउन आरटी–पिसिआर परीक्षण विधि सञ्चालन गर्न मद्दत गरेको थियो ।

गाउँलाई माया गर्नुपर्छ

भाइबहिनी हो, हामी धेरै नेपालीहरूले मनाउँदै आएको चाड दसैं हाम्रो घरघरमा भित्रिसकेको छ। तपाईंहरूमध्ये कोही सहरमै हुनुहुन्छ होला। कोही गाउँमा जाँदै हुनुहोला। धेरै जना त गाउँमा पुगिसक्नुभयो होला। हजुरबाहजुरआमालाई भेटेर हालखबर सोध्नुभयो होला।

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

भ्वाङ फेसन !

‘चिन्ताले चितामा पुर्‍याउँछ।’ धेरैले यसो भन्छन्। हुन पनि यस्तै हुँदो रहेछ। तनको रोगले भन्दा मनको रोगले छिट्टै गलाउँछ। मनका यस्तै रोगीहरू मात्रै चेकजाँचका लागि अस्पतालको त्यो कोठामा जान्छन्। देख्छु– कोही एकोहोरो भएर झुङिबसेका।

बालकथा : निलिमाको नयाँ स्कुल

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

न्याय नपाइने नयाँ युग

आजभन्दा ३८ वर्ष पहिले ३८ सालकै जेठ १८ गते काठमाडौँ बस्ने नमीता, सुनीता र मीरा सँगै पोखरा घुम्न जान्छन्। २४ गते बिहानै उनीहरू बेगनास ताल घुम्न निस्कन्छन् तर उनीहरू फर्कंदैनन्। नमीता–सुनीताको लास केही दिनपछि निर्मम अवस्थामा फेला पर्छ। उनीहरूको बलात्कारपछि हत्या गरिएको पाइयो। यो घटना भएको वर्षाैं भयो। हत्यारा आजसम्म पनि पत्ता लागेको छैन।

गाउँको डेरी

रोशनी पाँच वर्षकी भइन् । उनी सहरमा कक्षा एकमा पढ्छिन् । वार्षिक परीक्षापछि केही दिन स्कुल विदा हुँदै थियो । छोरीको स्कुल बिदाको मौकामा बाबाआमा गाउँ जाने तयारी गर्दै हुनुहुन्थ्यो।

सुटले निम्त्याएको असहजता

उसको आफ्नाे सुट नभएकोमा बेलाबेलामा ऊ अपमानित भएको थियो । यसबाट उसमा हीनभाव बढेको थियो । ऊ कल्पना गर्थ्याे , ‘मेरो पनि एकजोर गतिलो सुट भएको भए !’

सानुबाबु, मेरो छोरो र प्रेमराजा महत

‘छोराछोरी सधैँ सँगै बसून् ।’ हरेक बाबुआमाले यस्तै चाहना राखेका हुन्छन् । तर, हाम्रो परिवार–संरचना नै भूमण्डलीकरणले भुटिसकेको अवस्थामा अब बा–आमाले यस्तो चाहना राख्नु स्वाभाविक ठहर्दैन।

लज्जाबोध

कर्कीनी आमैको गोठमा गाईवस्तु कराइरहेका हुन्थे । ‘यी डाम्ना पनि कति कराउन सकेका ?’ आमै गाईवस्तुसितै बोल्थिन् । टाट्नामा बाख्राको समवेत स्वरले गोठ नै उचालिए झैं गर्थ्यो । जुठेल्नामा जूठा भाँडामा झिँगा भन्किरहेका हुन्थे । बिहानै ओखरको बोटमा आएर काग कर्कश स्वरले कराउँथे । एकछिनपछि एक हूल काग जुठा भाँडाको भात टिप्न आइपुग्थे । आमै फेरि कागसँगै कुरा गर्थिन्, ‘हा हा ! डाम्ना जतिले भाँडै उडाउने भए ।’

अकल्पनीय

आनन्दराम आचार्यले सम्पत्तिप्रति बढ्ता मोह राखेन । त्यसैले जीवनका ५० वसन्त कटिसक्दा पनि उसलाई सम्पत्तिले पत्याएन । घरवरिपरि दुई रोपनीजति खेत र माथि लेकमा दुई हलजतिको बारी थियो । सकिनसकी लेकको बारीमा मकै, कोदो, फापर र आलुको खेती गर्ने गथ्र्यो आनन्दराम।

हजुरबाको पूजाथान

प्रशन्न मुद्रामा रुद्राक्षको मालाका गेडा गन्दै आधा घन्टा चुपचाप बस्नुहुन्थ्यो । अर्को १५ मिनेट सेता आँखा पल्टाएर ध्यान गर्नुहुन्थ्यो । त्यसपछि डमरु–घन्टा बजाएर ईश्वरभक्तिका अनेक गाथाको संगीतमय वाचन गर्नुहुन्थ्यो । गाला फुलाएर शंख फुक्नुहुन्थ्यो । लाग्थ्यो, त्यो शंखनादले घरका सारा अनिष्ट दूर हुन्थे । बिहान ७ बजे पूजाथान पसेको मान्छे, भात सेलाएर हिउँ बन्दा पनि हजुरबाको ‘भगवतभक्ति’ सकिँदैनथ्यो ।

रूपरेखा- ३००

पछि दुई–चारजना शिक्षक साथीले दुई–चार पटक पढे। खै कुनचाहिँ मूर्ख मनुवाले हो, 'मलामी' शीर्षकको कथाका कथाकार भाउपन्थीको नाम काटेर मसीले 'वामपन्थी' बनाइदिएछ। पछि हाँसो उठ्यो। पुस्तकका अरू ठाउँमा पनि केर्नसम्म केरेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्