२० असार २०८१ बिहीबार
image/svg+xml

ब्राउनसुगरसहित चार जना पक्राउ

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र वडा ३ का २३ वर्षे सुदीपकुमार दनुवार पक्राउ परेका हुन्।

लागुऔषध तस्करीको प्रमुख र्‍याकेटर २१ वर्षमा पक्राउ

लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय नेपाली गिरोहका मुख्य अभियुक्त ‘काइँली’ भनिने गोपी तामाङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो।

मेडिकलबाटै लागुऔषध बिक्री, सञ्चालक पक्राउ

मेडिकलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको विशेष टोलीले शुक्रबार २६ वर्षीय सुबोध यादवलाई रंगेहात पक्राउ गरेको छ।

लागुऔषधसहित कटारीबाट दुई युवा पक्राउ

उदयपुर प्रहरीले जिल्लाको कटारीबाट मंगलबार लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सिराहा र उदयपुरको सीमावर्ती क्षेत्र कटारी नगरपालिका १ बेलस्रोतबाट युवाहरुलाई पक्राउ गरेको हो।

लागुऔषधविरुद्ध सचेतना फैलाउन सिडिओ विद्यालयमा

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान लिएर यहाँका माध्यमिक विद्यालयमा आफै पुग्ने गरेका छन्। लागुऔषधविरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलाप संलग्न नहुन सचेत गराउन थालेका हुन्।

लागुऔषधको कुलतमा फस्दै युवा

प्रहरीले सोमबार राति सदै फूलगाछीबाट लागुऔषधसहित चार युवकलाई पक्राउ गर्‍यो। ७.५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेकामध्ये एकजना लागुऔषध कारोबारी र तीनजना प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

सुशान्त सिंह मृत्यु प्रकरण: आरोप पत्रकाे मुख्य अभियुक्तमा रिया चक्रवर्तीकाे नाम

चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।

मोरङको कटहरीबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङको कटहरीबाट प्रहरीले तीन जनालाई लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको छ।

सिराहाको चुरे जंगलबाट लागुऔषधसहित एक युवक पक्राउ

उदयपुर र सिराहाको सीमास्थल चुरे जंगलबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सीमास्थल चुरे जंगलबाट डाईलेक्स–डिसी नामक २७ बोतल प्रतिबन्धित लागुऔषधसहित सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव पक्राउ परेका हुन्।

अवैध लागुऔषध र चोरीका सामानसहित उदयपुरमा ६ जना पक्राउ

लागुऔषध र चोरीको अभियोगमा उदयपुर प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै पक्राउ व्यक्ति, लागुऔषध तथा चोरीका सुनचाँदीका गहना सार्वजनिक गरेको हो ।

गजडी गफ होइन गाँजा खेती

एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देश गाँजा प्रयोगमा उदार हुँदै गएका छन् ।

लागुऔषधसहित सासू–बुहारी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो।

लागुऔषधसहित दुई महिला पक्राउ

विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

बलिउडमा लागुऔषध अनुसन्धान : अभिनेता अर्जुन रामपालको घरमा पनि छापा

बलिउडभित्र लागुऔषध कारोबारबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले अभिनेता रामपालको घरमा छापा मारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्