१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषधसहित कटारीबाट दुई युवा पक्राउ

लागुऔषधसहित पक्राउ युवा । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले जिल्लाको कटारीबाट मंगलबार लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सिराहा र उदयपुरको सीमावर्ती क्षेत्र कटारी नगरपालिका १ बेलस्रोतबाट युवाहरुलाई पक्राउ गरेको हो।  

लागुऔषध कारोबार भईरहेको भन्ने विशेष सुराकीका आधारमा खटेको टोलीले कटारी ३ का २२ वर्षीय ऐसान खान र सोही ठाउँका २० वर्षीय सुमन बोगटीलाई पक्राउ गरेको हो। इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाए अनुसार खानले लगाएको कालो ज्याकेटको गोजीमा कालो प्लास्टीकको झोलाभित्र लुकाई राखेको खवस्थामा नाईट्राभेट १० लेखिएको ट्याब्लेट १४ थान र स्पास्मो प्राक्सीभोन प्लस नामक लागुऔषध ट्याब्लेट ७१ थान बरामद भएको छ।  

इलाका प्रहरी कार्यालय कटारीबाट १८ किलोमटिर टाढा रहेको घट्नास्थलबाट पक्राउ दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालयले थालेको  लागुऔषध नियन्त्रण अभियानअन्तर्गत एकपछि अर्को गरी लागुऔषध र त्यसमा संलग्न अभियुक्तहरु पक्राउ पर्ने क्रम चलिरहेको जनाइएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App