coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधसहित दुई महिला पक्राउ

विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया बविता राईलाई गाँजासहित प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कार्कीले बताए।  

‘प्रहरीको विशेष टोलीले पक्राउ गरिएका दुवै महिला सुनसरीको पकलीमा बस्दै आएका थिए,’ डिएसपी कार्कीले भने, ‘जेब्रा झोलासहित टेम्पोबाट उत्रेर हिँड्दै गर्दा पक्राउ परेकाको झोलामा रहेको पाँचवटा पोका बनाएर राखेको अवस्थामा ५ किलो ७ सय ग्राम गाँजा बरामद गरिएको छ।’

दुवै जनालाई प्रहरीले यस अघिदेखि नै निगरानीमा राख्दै आएको थियो। डिएसपी कार्कीले भने, ‘तत्काल कारोबारको केही नखुलेको र थप अनुसन्धान र काराबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका छौं।’

प्रकाशित: २५ कार्तिक २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App