२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित चार जना पक्राउ

प्रहरीले बरामद गरेको लागुऔषध ।

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र वडा ३ का २३ वर्षे सुदीपकुमार दनुवार पक्राउ परेका हुन्।  

आइतबार साँझ झापाको बिर्तामोडबाट मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट अन्दाजी ५ ग्राम ब्राउनसुगर (खैरो लिसाइलो पदार्थ) बरामद भएको जिल्ला प्रहरीका डिएसपी लालध्वज सुवेदीले बताए। दानाबारी प्रहरी चौकीबाट खटेको टोलीले उनीहरूले चलाएका ३ मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।  

पक्राउ चारैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App