२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोरङको कटहरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सांकेतिक तस्बिर।

मोरङको कटहरीबाट प्रहरीले तीन जनालाई लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले पक्राउ गरेको छ। कटहरी गाउँपालिका–४ स्थित चमराहीबाट ८ ग्राम ब्राउन सुगर र तौलने मेसिनसहित ३ जना पुरुषलाई आइतबार पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

कटहरी–२ का ३३ वर्षीय धनीराम चौधरी, कटहरी–४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डललाई लागुऔषध र मेसिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।  

‘प्लाष्टिकमा प्याक गरेर राखेको अवस्था ब्राउन सुगर र तौलने मेसिनसमेत उनीहरूका साथबाट बरामद गरेका छौं,’ प्रवक्ता डिएसपी राईले भने,‘पक्राउ परेकाहरू कारोबारी हुन सक्ने भएकाले थप अनुसन्धान अघि बढाउँदै तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेका छौं।’  

प्रकाशित: १० फाल्गुन २०७७ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App