२३ असार २०८१ आइतबार
image/svg+xml
कला

बलिउडमा लागुऔषध अनुसन्धान : अभिनेता अर्जुन रामपालको घरमा पनि छापा

अर्जुन रामपाल

एनसिबीले अभिनेता अर्जुन रामपालको घरमा पनि मार्यो छापा

बलिउडभित्र लागुऔषध कारोबारबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले अभिनेता रामपालको घरमा छापा मारेको छ। 

उनको घरबाट के फेला पर्यो यसको जानकारी अहिलेसम्म प्रस्ट रूपमा आइसकेको छैन। तर रामपालका गाडी चालकलाई एनसिबीको टोलीले बयान लिइरहेको स्रोतलाई उधृत गर्दै भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

अघिल्लो महिना एनसिबीले अर्जुन रामपालसँगै बस्ने गैब्रियला डेमेट्रियड्सका भाइ अगिसिलाओसलाई गिरफ्तार गरेको थियो। उनीहरूका साथबाट विभिन्न लागुऔषध बरामद भएका थिए। उनीहरूबाट प्राप्त सूचनाका आधारमा अर्जुन रामपालको घरमा पनि छापा मापिरएको हो।  

प्रकाशित: २४ कार्तिक २०७७ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App