गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट
पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन्।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन्।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
सत्तारुढ दलहरू भने यसै कारण संसदीय समिति बनाइरहनुपर्ने विषय नभएको भन्दै कांग्रेसको मागप्रति बेवास्ता गर्न थालेकाले समस्या थप पेचिलो बन्न पुगेको छ।
डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थप दुई नेपाली सेनाको मृत्यु भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरुद्ध गरेको छ।
सत्तापक्ष र प्रतिपक्षबिच बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको छलफल पनि बिना निष्कर्ष टुङ्गिएको छ।
नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।
नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका विषयमा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न चाहेको छैन।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने निर्णय गरेको छ।