१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगो निभाउने क्रममा घाइते थप २ सैनिकको उपचारका क्रममा मृत्यु

बन

डोल्पाको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न गएका देवीदत्त गणमा कार्यरत थपदुई नेपाली सेनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

ठुलीभेरी नगरपालिका– ४ स्थित तिप्लागाउँको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा घाइते भएका दुईजनाको काठमाडौं र एकजनाको डोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

देवीदत्त गण डोल्पामा कार्यरत हुम्ला अदानचुली गाउँपालिका– ६ का २२ वर्षीय जवान आषिक बुढा, जुम्ला गाउँपालिका– ४ का २८ वर्षीय हेमन्त रावत र काभ्रेपलान्चोक शिखर आमबोटेका ३८ वर्षीय जमदार केशवबहादुर जर्घा मगरको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुर्खेत जर्बुटाका ३० वर्षीय विजय कोइराला घाइते भएका छन्। उनको काठमाडौंस्थित छाउनीमा उपचार भइरहेको छ। आषिक र केशवको काठमाडौं र हेमन्तको डोल्पा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो उक्त सामुदायिक वनमा भीषण आगलागी भएको थियो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उक्त आगो नियन्त्रणमा लिएका थिए।

तर, आगो नियन्त्रण भए पनि रुखका जरामा रहेको आगो सल्किँदा बाँकी रहेको भागमा पुनः आगलागी भएको थियो। सोमबार दिउँसो उक्त जराबाट सल्किएको आगो नियन्त्रण गर्न जाँदा उनीहरू घाइते भएका थिए।

प्रकाशित: २८ चैत्र २०८० ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App