७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि, नेपाल र मलेसिया भिड्दै

एसिसि मेन्स प्रिमियर कप भोलिदेखि सुरु हुँदैछ। ओमानमा हुने खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टिमको घोषणा गरिसकेको छ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र मलेसियाबीचको खेल दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।

नेपाली टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।

नेपालले आफ्नो दोस्रो खेलामा कतारसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः१५ बजे नै सुरु हुनेछ। त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ। यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।

खेलमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागिता जनाउने छन्।

प्रकाशित: २९ चैत्र २०८० ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App