१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टी भन्दा माथि उठेर राष्ट्र बचाउने अभियानमा छु: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन्।

'मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ' कोइरालाले भने, 'राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिउँ।'

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए।

नेताहरुले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे।

घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए।

प्रकाशित: २९ चैत्र २०८० १८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App