१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेको कुरा सुन्न चाहेन कांग्रेसले

नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका विषयमा गृहमन्त्री रवि लामिछानेको कुरा सुन्न चाहेको छैन।

मंगलबार बिहान नेपाली कांग्रेस संसदीय दलको बैठककाे निर्णय  सुनाउने क्रममा प्रमुख सचेतक रमेश लेखकले ‘गृहमन्त्री’काे भनाई सुन्न आवश्यक नभएको तर्क गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरू माँझ उभिएका उनले गृहमन्त्रीलाई आफ्नो भनाई राख्न किन नदिएको भन्ने हो भन्ने प्रश्नको उत्तर दिदै भने, ‘हामीले प्रधानमन्त्रीको कुरा सुनिसकेका छौँ। प्रधानमन्त्री सरकारको मुखिया हो। उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन।’ 

लेखकले प्रधानमन्त्री र मन्त्री एउटै सरकारमा छन् र दुवैको कुरा एउटै हुन्छ भन्ने आशय व्यक्त गरेका थिए। 

प्रकाशित: २७ चैत्र २०८० ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App